Skip to content
LAXMI SUNRISE BANK

अस्ट्रेलियाको क्वान्टास एयरलाइन्समा ‘उडुस आतंक’, सामानभरी उडुस देखिएपछि उडान नै रद्द !

अर्थ सरोकार

काठमाडौँ । उडुसको आतंकका कारण अस्ट्रेलियाको राष्ट्रिय ध्वजावाहक क्वान्टास एयरलाइन्सको उडान नै रद्द गरिएको छ । रोमबाट पर्थका लागि तय गरिएको उडान उडुस आतंकका कारण रद्द गरिएको हो ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अक्टोबर ९ मा पर्थबाट रोम गएको क्यूएफ ५ उडानमा उडुस भेटिएको थियो ।

उक्त उडानमा उडुस भेटेपछि इकोनोमी क्लासका यात्रुले गुनासो गरेका थिए । उनले आफ्ना कपडा, सामान तथा कम्बलमा समेत उडुस देखेको भन्दै उजुरी समेत गरेका थिए ।

यात्रुले विमानमा उडुस देखेको भन्दै गुनासो गरेपछि रोमबाट पर्थ फर्किने उडान रद्द गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उडान रद्द गर्नुको कारण भने एयरलाइन्स कम्पनीले सफाइ र प्राविधिक जाँच भनेको छ ।

एयरलाइन्स कम्पनीले यात्रुहरुसँग माफी मागेको छ भने उनीहरुलाई होटलमा बस्ने व्यवस्था मिलाइएको र अर्को उडानमार्फत गन्तव्यमा पुर्याउने व्यवस्था गरेको एयरलाइन्स कम्पनीले जनाएको छ ।

 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK