Skip to content
LAXMI SUNRISE BANK

बुधबार २१.३२ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२१.२६ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३५४ कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब १३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २६ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा १०.७५% एसबिएल डिबेन्चर २०८९का लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा १३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK