काठमाडौँ । नेपालको लघुवित्त क्षेत्रमा जलवायु वित्त केवल वातावरण संरक्षण वा सामाजिक उत्तरदायित्वको मात्र विषय होइन । यो ग्राहकको व्यवसायको संरक्षण, कर्जा जोखिम न्युनिकरण र संस्थाको दीर्घकालीन स्थायीत्वसंग जोडिएको रणनीतिक अवसर हो । जलवायु परिवर्तनका कारण बाढी, पहिरो, खडेरी, असिना, अनियमित वर्षा र तापक्रम बृद्विले ग्रामीण अर्थतन्त्रमा प्रत्यक्ष असर पारिरहेको छ । विशेषगरी कृषि, पशुपालन, साना उद्यम र दैनिक ज्यालादारीमा निर्भर लघुवित्तका ग्राहकहरु जलवायु परिवर्तनवाट सृजित समस्यावाट उच्च जोखिममा छन् ।
लघुवित्तमा आवद्व ग्राहकहरु नै सवैभन्दा गरिव, विपन्न, असुरक्षित, विकट भेग तथा कमजोर भुभागमा वसोवास गर्ने, सिमीत आर्थिक स्रोत भएका, जिविकोपार्जनका लागि प्रकृति, पर्यावरण तथा मौसमसंग प्रत्यक्ष निर्भर रहने वर्ग भएकाले यो वर्ग जलवायुजन्य विपत् तथा प्रकोपहरुवाट सवैभन्दा वढी असुरक्षित वर्ग मानिन्छ । त्यसैले लघुवित्त संस्थाले परम्परागत कर्जा प्रवाह तथा जोखिम व्यवस्थापनमा मात्र सिमित नभई अव जलवायु उत्थानशील लघुवित्तको अवधारणा आत्मसात गर्नुपर्ने आवश्यकता देखिएको छ ।
जलवायु वित्त भन्नाले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न, अनुकुलन गर्न र विपत्पछिको पुनःस्थापना गर्न परिचालन गरिने वित्तीय स्रोतलाई बुझिन्छ । लघुवित्तमा जलवायु वित्त अन्र्तगत देहाय वमोजिमका पाँचवटा मुख्य क्षेत्रहरुको पहिचान गरिएको छ ।
१. जलवायु अनुकूलन वित्त
जलवायु अनुकूलन वित्त भन्नाले जलवायु परिवर्तनका कारण उत्पन्न हुने खडेरी, अनियमित वर्षा, बाढी, पहिरो तथा पानीको अभावजस्ता जोखिमको सामना गर्न ग्राहकलाई आर्थिक सहयोग उपलब्ध गराउनु हो । यसको मुख्य उद्देश्य कृषि तथा अन्य जीविकोपार्जनका गतिविधिलाई जलवायु परिवर्तनको प्रभाव सहन सक्ने बनाउनु हो । जस्तै थोपा सिँचाई तथा वर्षाको पानी संकलन प्रणालीका लागि कर्जा, जलवायु अनुकुल बीउ, ग्रामीण कृषि प्रविधि र संरक्षित खेतीका लागि कर्जा, खडेरी सहन गर्न सक्ने कृषि प्रणालीको विकासका लागि वित्तीय सहयोग, बाढी तथा पहिरोको जोखिम कम गर्ने सुरक्षित कृषि संरचना, पशुपालनमा सुधारिएको गोठ, पानी संचय र घाँस खेतीका लागि कर्जा, कृषि उपज भण्डारण तथा चिस्यान केन्द्र स्थापना गर्न कर्जा इत्यादि । उदाहरणको रुपमा कुनै ग्रामीण क्षेत्रमा पानीको अभावले तरकारी खेती प्रभावित भइरहेको छ भने लघुवित्त संस्थाले किसानलाई व्यक्तिगत वा सामुहिक स्तरमा थोपा सिचाँइ प्रणाली जडान गर्न कर्जा प्रदान गर्न सक्छ ।
२. जलवायु परिवर्तन न्युनिकरण वित्त
जलवायु परिवर्तन न्यूनीकरण वित्त भन्नाले हरितगृह ग्यासको उत्सर्जन घटाउने, स्वच्छ ऊर्जाको प्रयोग बढाउने तथा वातावरणमैत्री प्रविधिको प्रवद्र्धन गर्ने गतिविधिमा वित्तीय सहयोग उपलब्ध गराउनु हो । यसको मुख्य उद्देश्य परम्परागत इन्धनमाथिको निर्भरता घटाउँदै न्यून कार्बन उत्सर्जनमा आधारित आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु हो।यसको लागि लघुवित्त वित्तीय संस्थाले सौर्य उर्जा प्रणाली, विद्युतिय/सुधारिएको चुलो, वायोग्याँस प्लान्ट स्थापना, विद्युतिय कृषि उपकरण, सफा टेम्पो, जैविक मल उत्पादन तथा रसायनिक मल÷किटनाशक विनाका जैविक कृषि उत्पादन आदिको लागि कर्जा विस्तार गर्न तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्न सक्छन् । यसवाट ग्राहकको उत्पादन लागत घट्ने र परम्परागत जिवाष्म ईन्धनमाथिको निर्भरता कम गरी जलवायु परिवर्तन न्युनिकरणमा समेत योगदान दिन सकिन्छ ।
३. विपत् पुर्नस्थापना वित्त
विपत् पुर्नस्थापना वित्त अन्र्तगत विपत्ले क्षति पु¥याइसकेपछि ग्राहकलाई पुनः व्यवसाय सञ्चालन गर्न सहयोग गर्ने वित्तीय उत्पादनहरु पर्दछन् । विपत्मा परेका ग्राहकलाई पुरानै कर्जा असुली प्रक्रियामा मात्र राख्नुको सट्टा वास्तविक क्षतिको मूल्यांकन गरी कर्जा पुर्नतालिकिकरण, उपयुक्त पुनसंरचना र नयाँ व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्था गर्नुपर्छ । उदाहरणका लागि बाढीले क्षति पुर्याएको पसल पुनःस्थापनाका लागि कर्जा, पहिरोवाट प्रभावित पशुपालकका लागि कर्जा, बाली नष्ट भएका किसानका लागि मौसमी कर्जा पुर्नसंरचना, व्यवसाय पुनः सञ्चालनका लागि सहुलियतपुर्ण कर्जा, आकस्मिक अवस्थामा सिमीत रकम निकाल्न सकिने लगायतका सुविधाहरु प्रदान गर्न सकिन्छ । यसले ग्राहक संरक्षण संगै जोखिममा परेको कर्जा भविष्यमा असुली गर्ने सम्भावना समेत बढाउछ ।
४. जलवायु जोखिम बीमा
लघुवित्त वित्तीय संस्थाहरुले बीमा कम्पनिहरुसंग सहकार्य गरेर ग्राहकको जलवायु जोखिम घटाउन मद्दत गर्न सक्छन् । यस अन्र्तगत बाली वीमा, पशुधन वीमा, मौसम सुचकांकमा आधारित वीमा, विपत् प्रभावित साना व्यवसायीहरुका लागि उपयुक्त वीमा र आवश्यकता अनुसार जीवन तथा दुर्घटना बीमासंग जोडिएका वित्तीय सुरक्षा योजना पर्दछन् । उदाहरणका लागि, निश्चित क्षेत्रमा वर्षा वा तापक्रमको पूर्वनिर्धारित सुचकांक तोकिएको सीमाभन्दा बाहिर गएमा वीमालेखका शर्त अनुसार ग्राहकले क्षतिपूर्ति प्राप्त गर्न सक्ने व्यवस्था मौसम सुचकांकमा आधारित बीमाले गर्न सक्दछ ।
५. हरित उद्यम वित्त
हरित उद्यम वित्त भन्नाले वातावरण संरक्षण, प्राकृतिक स्रोतको दिगो उपयोग तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा योगदान पुर्याउने व्यवसाय स्थापना, सञ्चालन र विस्तारका लागि उपलब्ध गराइने वित्तीय सहयोगलाई बुझिन्छ । लघुवित्त संस्थाले ग्रामीण क्षेत्रका उद्यमीलाई यस्ता व्यवसायमा लगानी गर्न कर्जा उपलब्ध गराएर आर्थिक आत्मनिर्भरता र वातावरण संरक्षणलाई एकसाथ अघि बढाउन सक्छन् । उदाहरणका लागि, जैविक कृषि, नर्सरी तथा फलफूल खेती, जडीबुटी उत्पादन र प्रशोधन, कृषि उपजको भण्डारण, फोहोर व्यवस्थापन तथा पुनःप्रयोग, दिगो पर्यटन र बाँस तथा निगालोजस्ता नवीकरणीय स्रोतमा आधारित उद्यमलाई प्राथमिकता दिन सकिन्छ ।
यस प्रकारको वित्तीय सेवाले स्थानीय रोजगारी सिर्जना, ग्रामीण उद्यमशीलताको विकास, प्राकृतिक स्रोतको संरक्षण र समुदायको जलवायु उत्थानशीलता अभिवृद्धि गर्न मद्दत पुर्याउँछ । साथै, लघुवित्त संस्थाले यस्ता कर्जाको प्रभावकारी उपयोग सुनिश्चित गर्न उपयुक्त व्यवसाय छनोट, प्राविधिक परामर्श र नियमित अनुगमनमा समेत जोड दिनुपर्छ ।
जलवायु उत्थानशीलताः
जलवायु उत्थानशीलता भनेको जलवायु परिवर्तनका कारण निम्तिनसक्ने विपत् (जस्तै खडेरी, बाढी, पहिरो, अस्वाभाविक वर्षा) को नकारात्मक प्रभाव सहने, सम्भावित क्षति घटाउने र विपत्पछिको परिस्थितिबाट छिटोभन्दा छिटो पुनः सामान्य अवस्थामा फर्कन सक्ने क्षमता हो ।
१. ग्राहकको उत्थानशीलता
जलवायुजन्य विपतबाट सबैभन्दा बढी साना किसान र न्यून आय भएका ग्राहकहरू प्रभावित हुने भएकाले उनीहरूको जोखिम सहने क्षमता बढाउनु पहिलो प्राथमिकता हो । यसका लागि लघुवित्तले कृषिमा मात्रै निर्भर नरही वैकल्पिक आम्दानीका स्रोत (आय विविधीकरण) खोज्न प्रोत्साहन गर्नुपर्छ । साथै, खडेरी र बाढी सहन सक्ने बीउबिजन, थोपा सिँचाइजस्ता अनुकूलन प्रविधि, बाली तथा पशुधन बीमा र मौसमसम्बन्धी पूर्वसूचना तथा प्रकोपवाट ग्राहकको व्यवसायमा पर्ने सम्भावित असरवारे अग्रिम तयारी गरी ग्राहकलाई आर्थिक रूपमा सुरक्षित र सबल बनाउन सकिन्छ ।
२. कर्जा पोर्टफोलियोको उत्थानशीलता
विपत्का कारण ग्राहकले ऋण तिर्न नसक्दा संस्थाको खराब कर्जा बढेर वित्तीय जोखिम सिर्जना हुन्छ । यो जोखिम न्यूनीकरण गर्न संस्थाले कुन–कुन भूगोल वा शाखा क्षेत्र बाढीरपहिरोको उच्च जोखिममा छन् भनी जलवायु जोखिम नक्साङ्कन गर्नुपर्छ । कर्जा प्रवाह गर्नुअघि जलवायु जोखिमको विश्लेषण गर्ने, एउटै क्षेत्रमा धेरै लगानी नगरी फरक फरक व्यवसाय र भूगोलमा कर्जा विविधीकरण गर्ने, र ठूलो विपत् आएमा संस्थाको असुलीमा पर्ने असरको पूर्व–आंकलन (क्तचभकक त्भकतष्लन) गर्नुपर्छ ।
३. संस्थागत उत्थानशीलता
आपत्कालीन वा विपत्को समयमा पनि संस्थाको दैनिक सञ्चालन र वित्तीय सेवाहरू निर्वाध रूपमा अगाडि बढाउन संस्थागत रूपमा सक्षम हुनुपर्छ । यसका लागि संस्थाले स्पष्ट व्यवसाय निरन्तरता योजना (द्यगकष्लभकक ऋयलतष्लगष्तथ एबिल) बनाउनुका साथै भौतिक कागजात वा स्थानीय सर्भर नष्ट भए पनि डाटा सुरक्षित रहने गरी क्लाउड वा सुरक्षित ब्याकअप र डिजिटल बैंकिङ सेवाको प्रवद्र्धन गर्नुपर्छ । साथै, आपत्कालीन परिस्थितिमा ग्राहकलाई सहयोग गर्न र संस्था जोगाउन कर्मचारीहरूको विपत् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नु आवश्यक हुन्छ ।
निष्कर्षः
जलवायु वित्तलाई लघुवित्त संस्थाको नाफा र कर्जा असुलीसँग जोड्न यसलाई केवल सामाजिक उत्तरदायित्वको कार्यक्रमका रूपमा नभई ग्राहकको व्यवसायिक उत्थानशीलता र संस्थाको वित्तीय स्थायित्व बढाउने रणनीतिक लगानीका रूपमा बुझ्नुपर्छ । कृषि कर्जामा सिँचाइ, जलवायुमैत्री प्रविधि र बाली बीमामा पहुँच बढाउने, पशुपालनमा सुधारिएको गोठ, पशु स्वास्थ्य सेवा र पानीको व्यवस्थापनमा लगानी गर्ने तथा विपत्पछि ग्राहकको नगद प्रवाहअनुसार कर्जा पुनर्संरचना र पुनःस्थापनामा सहयोग गर्ने हो भने ग्राहकको आम्दानी निरन्तर राख्न र कर्जा भुक्तानी क्षमता सुधार गर्न मद्दत पुग्छ । त्यसैगरी, बीमा तथा वित्तीय सुरक्षा सुविधामा पहुँच विस्तार, जलवायु जोखिमको नक्साङ्कन, कर्जा पोर्टफोलियोको विविधीकरण र डिजिटल सेवा तथा व्यवसाय निरन्तरता प्रणालीको विकासले ग्राहक संरक्षणसँगै संस्थाको सञ्चालन लागत र जोखिम घटाउन सहयोग गर्न सक्छ । यसरी ग्राहकको व्यवसाय सुरक्षित, आम्दानी स्थिर र कर्जा तिर्ने क्षमता बलियो हुँदा खराब कर्जा घट्ने, कर्जा असुलीमा सुधार आउने र संस्थाको नाफा तथा वित्तीय स्थायित्वमा सकारात्मक प्रभाव पर्ने सम्भावना रहन्छ । यद्यपि, जलवायु वित्तले स्वतः खराब कर्जा घटाउँछ भन्ने हुँदैन । यसको प्रभाव कर्जाको गुणस्तर, उपयुक्त ग्राहक छनोट, बजार पहुँच, बीमाको प्रभावकारिता, कर्जा संरचना र प्रभावकारी कार्यान्वयनमा निर्भर हुन्छ ।
भावी कार्यदिशाः
नेपालका लघुवित्त संस्थाले जलवायु वित्त कार्यान्वयन गर्न एकैपटक धेरै वित्तीय उत्पादन सुरु गर्नुभन्दा चरणबद्ध र व्यवहारिक रणनीति अपनाउनुपर्छ । पहिला संस्थाले सबै शाखाको कार्यक्षेत्रमा बाढी, पहिरो, खडेरी, अतिवृष्टि तथा अन्य जलवायुजन्य जोखिमको मूल्याङ्कन गरी विगतका विपत्ले ग्राहकको व्यवसाय र कर्जा भुक्तानी क्षमतामा पारेको प्रभाव पहिचान गर्नुपर्छ । त्यसपछि कृषि, पशुपालन, व्यापार, साना उद्योगलगायत व्यवसायका आधारमा ग्राहक वर्गीकरण गरी उनीहरूको जलवायु जोखिम र वित्तीय आवश्यकता विश्लेषण गर्नुपर्छ । यसैका आधारमा हरित कर्जाको परिभाषा, योग्य लगानीका क्षेत्र, ग्राहक छनोट, जोखिम मूल्याङ्कन, कर्जा अनुगमन र प्रतिवेदनसम्बन्धी स्पष्ट Green Finance Policy तयार गर्नुपर्छ । अन्त्यमा, भौगोलिक जोखिम, ग्राहकको आवश्यकता र शाखाको कार्यक्षमताका आधारमा केही शाखा छनोट गरी सिँचाइ, जलवायुमैत्री कृषि, पशुपालन सुधार तथा बीमामा पहुँचजस्ता कार्यक्रम परीक्षणका रूपमा सञ्चालन गर्नुपर्छ, जसबाट प्राप्त नतिजाका आधारमा आगामी चरणमा कार्यक्रमलाई विस्तार गर्न सकिन्छ ।
दिवस ढकाल, (नायव प्रमुख कार्यकारी अधिकृत, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड)
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्