Skip to content
LAXMI SUNRISE BANK

बुढीगण्डकी बाढीले खण्डहर बनाएको सोतीलाई पुरानै लयमा फर्काउने प्रयास, फेरि बजार बसाइँदै ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । बुढीगण्डकी नदीमा गत असोज २५ मा आएको बाढीले प्रभावित गोरखाको आरुघाट गाउँपालिका-३ स्थित सोती बजारलाई पुरानै लयमा फर्काउने प्रयासमा स्थानीय जुटेका छन् । बाढीले घरभित्र लेदो थुपारेपछि प्रभावित स्थानीय सफा गरेर जनजीवनलाई पुनः सामान्य अवस्थामा फर्काउने प्रयास गरिरहेका छन् । यसमा नेपाली सेनाले साथ दिएको छ ।

सोतीका करिब १५ घर तथा व्यापारिक संरचना बाढीको चपेटामा परेका थिए । यसकारण केही परिवार घर छाडेर आफन्तकहाँ तथा सामुदायिक भवनमा आश्रय लिन बाध्य भएका छन् ।

बाढीबाट सोती र मान्बु जोड्ने बुढीगण्डकी नदीमाथिको आरुघाट २ र ३ जोडने मोटरेबल पुलसमेत बगेको छ। पुल बगाउँदा स्थानीयको आवागमन प्रभावित भएको छ । मनास्लु पदमार्ग जाने पदयात्री, धार्चे र चुमनुब्री क्षेत्रका स्थानीयको आवागमन चाडपर्वमा ठप्प भएको छ । 

अहिले सोती बजार क्षेत्रको सडकमा थुप्रिएको लेदो र भग्नावशेषले यातायात सञ्चालनमा समेत कठिनाइ उत्पन्न गरेको छ। त्यो सडक सफा गर्ने काम भइरहेको छ । 

घरभित्र पसेको लेदो हटाउने, क्षतिग्रस्त संरचनाको अवस्था बुझ्ने र सुरक्षित बसोबासको व्यवस्था मिलाउने काम अहिले स्थानीयका लागि प्रमुख चुनौती बनेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK