Skip to content
LAXMI SUNRISE BANK

बिहीबार पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको पाँचौँ दिन बिहीबार पनि सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज प्रतितोला ११ सय रुपैयाँले घटेर प्रतितोला दुई लाख ८८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २२० रुपैयाँले घटेर प्रतितोला ४०३५ रुपयाँमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४७ हजार २ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३४५९.५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK