Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ४.५६ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६२५.८२ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ७१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमिटेडको भएको छ । यस कम्पनीको २३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा बेनी हाइड्रोपावर प्रोजेक्टका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १०.७५% एसबिएल डिबेन्चर २०८९ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK