Skip to content
LAXMI SUNRISE BANK

भोटेकोशी बाढीः हालसम्म १८ कम्पनीमा २१ अर्बको बीमा दाबी, सबैभन्दा धेरै हिमालयन एभरेष्टमा !

अर्थ सरोकार

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिबापत हालसम्म झण्डै २१ अर्बको बीमा दाबी परेको छ । बीमा प्राधिकरणका अनुसार हालसम्म १८ वटा बीमा कम्पनीमा २ हजार ४ सय २७ बीमितबाट २० अर्ब ९० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।

हालसम्म परेको बीमा दाबीमध्ये २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । 

बीमा दाबीमध्ये सबै भन्दा धेरै दाबी हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा १ सय ६१ बीमितबाट ६६ करोड ११ लाख ९५ हजार रुपैयाँको दाबी परेको बीमा प्राधिकरणको विवरणमा उल्लेख छ । 

हिमालयन एभरेष्टपछि दोस्रो धेरै बीमा दाबी सानिमा जिआईसी इन्स्योरेन्समा परेको छ । सानिमा जिआईसी इन्स्योरेन्समा १ सय ९२ बीमितको ३४ करोड ३२ लाख ४५ हजार रुपैयाँ र शिखर इन्स्योरेन्समा ४  सय ५९ बीमितको २६ करोड ५५ लाख ८६ हजार रुपैयाँको दाबी परेको छ । 

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २२९ बीमितको १७ करोड ५८ लाख १४ हजार रुपैयाँ तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा २६६ बीमितको १२ करोड ५३ लाख ८९ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको छ भने भुक्तानीतर्फ सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले १९ करोड ८९ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेको छ । 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK