कैलाली । थारू समुदायको मौलिक भाषा, साहित्य, लोकसंस्कृति तथा परम्परागत ज्ञानको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू लोकमहाकाव्य ‘बर्कीमार’ मा आधारित ‘सुन्न सुनैना’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जनप्रतिनिधि, संस्कृतिप्रेमी, बडघर, भलमन्सा, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि तथा विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष लालमति डँगौरा कठरिया उपस्थित थिए ।
त्यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जोसना जोशी, निवर्तमान उपाध्यक्ष उमा महतो, गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरू, संस्कृतिप्रेमी, बडघर, भलमन्सा तथा स्थानीयवासीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
थारू लोकमहाकाव्य ‘बर्कीमार’ थारू समुदायको मौलिक लोकसाहित्य, सांस्कृतिक पहिचान र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्पराको महत्त्वपूर्ण अभिव्यक्तिका रूपमा लिइन्छ । यस्ता लोकमहाकाव्यको वाचन, व्याख्या तथा श्रवणले समुदायको ऐतिहासिक स्मृति, जीवनशैली, सामाजिक मूल्य-मान्यता र सांस्कृतिक सम्पदालाई नयाँ पुस्तासम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।
कार्यक्रमका प्रमुख वाचक चन्द्रप्रसाद चौधरी रहेका थिए । त्यसैगरी वाचकका रूपमा जग्गु प्रसाद चौधरी, जगबिर चौधरी र सोम डेमन डौरा सहभागी भई लोकमहाकाव्यको वाचन तथा व्याख्या गरेका थिए । वाचकहरूले परम्परागत शैलीमा लोकमहाकाव्य प्रस्तुत गर्दा सहभागीहरूले चासोपूर्वक श्रवण गरेका थिए । कार्यक्रमले थारू समुदायको मौखिक परम्परा र लोकसाहित्यप्रति नयाँ पुस्ताको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमलाई थप आकर्षक बनाउन स्थानीय कलाकारहरूले परम्परागत सखिया नाच समेत प्रस्तुत गरेका थिए । थारू समुदायको मौलिक सांस्कृतिक पहिचान बोकेको सखिया नाचले कार्यक्रममा थप रौनक थप्नुका साथै स्थानीय कला, भेषभूषा, संगीत र नृत्यको महत्त्वलाई उजागर गरेको थियो ।
यस्ता सांस्कृतिक कार्यक्रमले थारू समुदायको भाषा, लोकसाहित्य, कला तथा परम्पराको संरक्षण गर्न, सांस्कृतिक पहिचानलाई जीवन्त राख्न र नयाँ पुस्तालाई आफ्नो मौलिक सम्पदाप्रति सचेत बनाउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । साथै, स्थानीय तह, सांस्कृतिक अभियन्ता, बडघर, भलमन्सा र समुदायका सबै पक्षबीच सहकार्य बढाउन पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण मानिन्छन् ।
थारू लोकमहाकाव्य ‘बर्कीमार’ को वाचन तथा व्याख्यामा आधारित ‘सुन्न सुनैना’ कार्यक्रमले स्थानीय मौलिक संस्कृतिको संरक्षण, पुस्तान्तरण र प्रवद्र्धनमा सकारात्मक सन्देश दिएको छ । थारू समुदायको अमूल्य सांस्कृतिक सम्पदालाई आगामी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्