Skip to content
LAXMI SUNRISE BANK

शुक्रबार ८.२३ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६३४.१७ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । शुक्रबार नेप्से परिसूचक ८.२३ अंकले बढेर २६३४.१७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ३३ लाख ७६ हजार ४८९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार घलेम्दी हाइड्रो लिमिटेडको भएको छ । यस कम्पनीको २० करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा चिरख्वा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

यता, १० . ७५% एसबिएल डेबेञ्चर २०८९ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK