काठमाडौँ । ‘हानि-नोक्सानी कोष’ले नेपाललाई २ करोड अमेरिकी डलर (३ अर्ब २ करोड रुपैयाँ) अनुदान दिने भएको छ । जलवायुजन्य हानि-नोक्सानी सम्बोधनका लागि स्थापना गरिएको उक्त कोषले सो अनुदान दिने निर्णय गरेको हो ।
कोषले उक्त रकम अनुदान दिने निर्णय गरेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार उक्त रकम भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गरिनेछ ।
हालसम्म भोटेकोशी बाढीले करिब २ अर्ब ७० करोड डलर (४ खर्ब ७ अर्ब ७० करोड रुपैयाँ) बराबरको आर्थिक क्षति गरेको छभने पुनर्निर्माणका लागि ४ अर्ब ७० करोड डलर (७ खर्ब ७ अर्ब ७० करोड रुपैयाँ) लाग्ने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्