काठमाडौँ । वेब प्रविधि (पिएचपी) मा गम्भीर सुरक्षा जोखिम देखिएको छ । पिएचपीमा विश्वव्यापी रुपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकको वेबसाइट नै ‘डाउन’ भएको छ ।
एक सूचना जारी गर्दै राष्ट्र बैंकले पिएचपीमा देखिएको सुरक्षा जोखिमलाई ध्यान दिँदै वेबसाइट लगायतका सेवाहरु अस्थायी रुपमा बन्द गरिएको जनाएको छ ।
वेबसाइट लगायत अनलाइन सेवा बन्द गरिएको जानकारी दिँदै राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति क्षमा समेत मागेको छ । त्यस्तै, राष्ट्र बैंकले अत्यावश्यक सूचना वा जानकारी सामाजिक सञ्जालमार्फत उपलब्ध गराउने पनि जानकारी दिएको छ ।
त्यस्तै, राष्ट्र बैंकले पिएचपीमा देखिएको उक्त जोखिमलाई केन्द्रित गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउन, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई सबलीकरण गर्न र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक, भुक्तानी सेवा प्रदायक र विप्रेषण कम्पनीलाई आग्रह गरेको छ ।
पिएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएसँगै नेपालका अन्य बैंक तथा वित्तीय संस्थाहरुले समेत अनलाइन सेवा अस्थायी रुपमा बन्द गरेका छन् । केही बैंकको वेबसाइट नै ‘डाउन’ भएको छ भने केहीले अनलाइनमार्फत हुने सीमित सेवा बन्द गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्