- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । सोमबार कर्णाली प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले एक विज्ञप्ति जारी गर्दै पाँच जिल्लाका ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएको हो ।
संक्रमितहुनेहरुमा सुर्खेतका ४१, जाजरकोट १, बाँके १, दैलेख २ र रुकुम पश्चिमका २ जना छन् । योसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या १६६३ पुगेको छ ।