
- अर्थ सरोकार सम्बाददाता
धनगढी । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न क्वारेन्टिनमा बसेका सबैको पीसीआर परीक्षणका लागि नमूना संकलन गर्न थालेको छ । निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै क्वारेन्टिनमा बसिरहेका तथा अवधि पुगेका सबैको स्वाब संकलन गरी धनगढी र डडेल्धुरा प्रयोगशालामा पठाउन अनुरोध गरेको हो ।
क्वारेन्टाइनमा बसिरहेका ५ हजार ५ सय ८९ जनाको नेपाल सरकारको कोरोना परीक्षण निर्देशिकाअनुसार नमूना पठाउन अनुरोध गरिएको स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । सुरुका दिनमा भारतबाट आउनेको संख्या बढी भएकोले लक्षण देखा परेकालाई मात्र पीसीआर परीक्षण गर्ने भनिए पनि अहिले सबैको परीक्षण गरिने उनले बताए । प्रदेशका विभिन्न क्वारेन्टाइनबाट संकलन गरिएका स्वाव मध्य ९ सय भन्दा बढीको स्वावको नमूना परिक्षण हुन बाँकी छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्