×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ निजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति, कोरोना परीक्षणमा थप सहज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

६ निजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति, कोरोना परीक्षणमा थप सहज

Artha Sarokar

२९ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौँ उपत्यका चारसहित ६ वटा निजी प्रयोगशालालाई सरकारले कोभिड-१९ को  पीसीआर विधिबाट जाँच गर्न अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल), टेकुले मापदण्ड पुगेका काठमाडौँका ४ र बुटवल र नेपालगञ्जका २ गरी ६ वटा निजी प्रयोगशालालाई कोभिड-१९ को पीसीआर परीक्षण गर्न अनुमति दिएको हो ।
काठमाडौँ उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पताल, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव  र लाजिम्पाटमा रहेको सूर्या हेल्थ कियरले अनुमति पाएको एनपीएचएलका प्रवक्ता राजेशक्मार गुप्ताले बताए । उपत्यकाबाहिर बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् । निजी प्रयोगशालाले  पीसीआर परीक्षण गर्ने अनुमति पाए संगै थप सहज भएको छ।  
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी