×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रूसी सेचेनोभ विश्वविद्यालयद्वारा कोभिड-१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

LAXMI SUNRISE BANK

रूसी सेचेनोभ विश्वविद्यालयद्वारा कोभिड-१९ खोपको क्लिनिकल परीक्षण सफल भएको दावी

२८ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रूसको सेचेनोभ विश्वविद्यालयले कोभिड–१९ उपचारका लागि उपयोगी खोपको क्लिनिकल परीक्षण सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । “खोपको प्रयोग ‘सेचेनोभ मस्को स्टेट मेडिकल यूनिभसिर्टी’का सवयम्सेवकमा परीक्षण भएको र यसको प्रयोग सुरक्षित भेटिएको छ,” इन्स्टिच्युट फर ट्रान्सलेसनल मेडिसिन एण्ड वायोटेक्नोलोजीका निर्देशक वादिम तारासोभलाई उद्धृत गरी रूसी समाचार संस्था स्पुतनिकले लेखेको छ । 
क्लिनिकल अध्ययनका लागि औषधी दिइएका स्वयम्सेवकहरूको पहिलो समूहलाई अध्ययनपछि यही बुधबार ९ जुलाई १५० मा डिस्चार्ज गरिने र अर्को समूहलाई पाँच दिनपछि जुलाई २० डिस्चार्ज गरिने उहाँले बताउनुभयो । “उक्त विश्वविद्यालयले रूसकै ‘गमलेई इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजी’ संस्थाले जून १८ मा निर्माण गरेको खोपको क्लिनिकल परीक्षण गरेको हो । सेचेनोभ विश्वविद्यालयले कोरोनाभाइरसविरूद्ध विश्वको पहिलो खोपको स्वयम्सेवकमा सफलतापूर्वक परीक्षण पूरा गरिसकेको छ,” तारासोभले भन्नुभयो ।
“यो चरणको अध्ययनको उद्देश्य मानव स्वास्थ्यमा खोपको सुरक्षालाई पुष्टि गर्नु रहेको र यो सफलतापूर्वक सम्पन्न भएको छ,” सेचेनोभ विश्वविद्यालयको ‘इन्स्टिच्युट अफ मेडिकल प्यारासाइटोलोजी, ट्रपिकल एण्ड भेक्टर–वर्न डिजिजेज’का निर्देशक अलेकज्याण्डर लुकाशेवले भन्नुभयो । स्पुटनिकले लुकाशेभलाई उद्धृत गर्दै लेखेको छ, “खोपको सुरक्षाको पुष्टि भैसकेको छ । यसले हाल बजारमा रहेका अन्य खोपले जस्तै सुरक्षाको प्रत्याभूत गर्छ ।” 
लुकाशेभको दावी छ, “खोपको थप विकास योजना भाइरसको महामारीको जटिलता र उत्पादन बढाउने सम्भावनासहित विकासकर्ताको रणनीतिले पहिले नै निर्धारण गरिसकेको छ ।” महामारीको समयमा सेचेनोभ विश्वविद्यालयले शैक्षिक संस्थाको रूपमा मात्र नभई औषधिजस्ता महत्वपूर्ण र जटिल अत्पालनहरूको निर्माणमा भाग लिन सक्षम हुने वैज्ञानिक तथा प्राविधिक अनुसन्धान केन्द्रको रूपमा पनि काम गरिसकेको छ । ताराशेभले भन्नुभयो, “हामीले यस खोपको क्लिनिकल अध्ययनभन्दा पहिले ९प्रिक्लिनिकल० तथा प्रोटोकल निर्माण र हाल भइरहेको क्लिनिकल परीक्षणमा सहकार्य गरेका थियौँ ।” -रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी