- अर्थ सरोकार सम्बाददाता
झापा । झापामा ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय नोटसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् । अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन ।
बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने एक अनुसन्धान अधिकृतले बताए । श्रेष्ठहरुले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन ।