×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुर मुद्दामा फरार १ महिलासहित दुई जना पक्राउ, काठमाडौं जिल्ला अदालतमा पेस गरियो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बैंकिङ कसुर मुद्दामा फरार १ महिलासहित दुई जना पक्राउ, काठमाडौं जिल्ला अदालतमा पेस गरियो !

Artha Sarokar

२६ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका-१८ निवासी ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौँ-१४ निवासी ४९ वर्षीय मनोजलाल सिंह सुवाल पक्राउ परेका हुन् । उनीहरुले बैंक खातामा पैसा नरहेको जानकारी हुँदाहुँदै पनि विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी दिएकोमा बैकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनले दुवैलाई बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसूरमा दफा (५९१) बमोजिम सजाय हुने गरी फैसला भएको थियो ।
उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ साल फागुन १८ गतेको फैसलाले चित्रकारलाई तीन दिन कैद र छ लाख पचास हजार रुपैया जरिवाना हुने ठहर भएको थियो भने सुवाललाई २०७६ माघ १४ गते सात दिन कैद र दश लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो । 
अदालतको फैसलापछि फरार रहेकी चित्रकारलाई गत असार २५ गते लुकिछिपि बसीरहेको अवस्थामा स्वयम्भूबाट पक्राउ गरिएको हो । यस्तै सुवाललाई रविभवनबाट पक्राउ गरीएको थियो । पक्राउपछि दुवै जनालाई  काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी