×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकका सीईओ परशुराम कुवँर क्षेत्रीले दिए राजिनामा, सञ्चालक समितिद्वारा राजिनामा स्वीकृत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंकका सीईओ परशुराम कुवँर क्षेत्रीले दिए राजिनामा, सञ्चालक समितिद्वारा राजिनामा स्वीकृत !

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुवँर क्षेत्रीले राजिनामा दिएका छन् । क्षेत्रीले स्वास्थ्य समस्याको कारण देखाउँदै राजिनामा दिएका हुन् ।  बैंकको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले क्षेत्रीको राजिनामा साउन १ गते देखि लागू हुने गरी स्वीकृत गरेको हो । उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्मेवारी पाएका छन् ।

जनता बैंक र ग्लोबल आइएमई बैंक एकआपसमा गाभिएपछि जनता बैंकको तर्फबाट गत मंसिर २० गतेदेखि उनी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए । उनको राजिनामा स्वीकृत भएसँगै बैंकका डेपुटी सीईओ महेश ढकालले कामु सीईओको जिम्बेवारी पाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी