
- अर्थ सरोकार सम्बाददाता
बाग्लुङ । बाग्लुङमा थप ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । उनीहरुको दोस्रो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर फर्किएका हुन् । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र प्रदेश क्षयरोग केन्द्रको ल्याबमा गरिएको परीक्षणमा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन र निसीभुजी जनता क्याम्पसको प्रिआइसोलसनमा बसेका ३१ जना घर फर्किएका हुन् ।
यस्तै बाग्लुङको धौलागिरि बहुमुखी क्याम्पसको आइसोलेसनमा बसेका काठेखोला गाउँपालिकाका सात, धौलागिरि बहिरा आवासीय माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका बाग्लुङ नगरपालिकाका १२ र बरेङ गाउँपालिकाका दुईजना गरी जम्मा ५२ जनाको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका हुन् । योसँगै बाग्लुङमा निको हुनेको संख्या एक सय ६७ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्