Skip to content
LAXMI SUNRISE BANK

४३ जवानसहित ९२ प्रहरीमा कोरोना संक्रमण पुष्टी, ६१ जना डिस्चार्ज

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । हालसम्म ९२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ ।  विभिन्‍न २५ जिल्लाका ९२ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा ४ इन्स्पेक्टर, ७ सई, ७ असई, २७ हवल्दार, ४३ प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र ९० पुरुष छन् । तीमध्ये ६१ जना डिस्चार्ज भइसकेका छन् ।
कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका १४, कञ्‍चनपुरका ३, अछामका २, बाजुराका ६, काठमाडौंका ७ र भक्तपुरका १  प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK