×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याए आन्दोलन गर्छौं’ : व्यवसायी महासंघ (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

‘उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याए आन्दोलन गर्छौं’ : व्यवसायी महासंघ (भिडियो रिपोर्ट)

Artha Sarokar

२५ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । कोभिड १९ बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउन भएपछि समस्यामा परेका उद्योगी व्यवसायीलाई सम्बोधन गर्न राहत प्याकेज नल्याए आन्दोलनमा जाने बताएको हो । महासंघका अध्यक्ष नरेश कटुवालले उद्योग कलकारखाना र व्यापार व्यवसाय ठप्प भएकाले समस्या बढेको भन्दै सरकारले उचित सम्बोधन नगरे शुक्रबारदेखि चरणवद्ध आन्दोलनमा जाने बताउनुभयो । 
उहाँले लकडाउनको समयलाई शुन्य समय मानेर ब्याजदर, कर, घरभाडा लगायतमा छुट पाउनुपर्ने बताउनुभयो । महासंघले लकडाउन अवधिभरको बैंकको ब्यजादर शतप्रतिशत छुट गर्नुपर्ने, किस्ता र ब्याज तिर्ने समय एक वर्ष पछाडि सार्नुपर्ने, पुनरकर्जा कोषमा साना उद्योगी व्यवसायीहरुको पहुँच सुनिश्चित गर्नुपर्ने, कर्जाको ब्याजदर बढीमा ८ प्रतिशत कायम हुनुपर्ने, स्प्रेड रेट ३ दशमलव ५ प्रतिशत हुनुपर्ने, लकडाउन अवधिको व्यवसायीक घरभाडा छुट दिनुपर्ने लगायतका मागहरु राखिएको अध्यक्ष कटुवालले बताउनुभयो । उहाँले लकडाउनको कारण उद्योग व्यवसायमा परेको असर अध्ययन गर्न निजी क्षेत्र सम्मिलित समन्वय समिति गठन गर्न समेत माग गर्नुभयो ।
व्यवसायीहरुले राखेका मागहरु पुरा गर्न दबाब दिन पहिलो चरणमा शुक्रबार काठमाडौंको माइतिघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्न लागिएको अध्यक्ष कटुवालले बताउनुभयो । त्यसपछि पनि सरकार गम्भिर नबने चरणबद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो । उहाँले कोरोना महामारीका कारण प्रभावित भएका उद्योग, कलकारखाना र व्यवसायलाई बचाउनुपर्ने अवस्थामा सरकारको ध्यान अन्तै मोडिएकाले पनि आफुहरु आन्दोलित हुनुपरेको स्पस्ट पार्नुभयो । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी