
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गण्डकी प्रदेशमा थप २० जना कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँचजना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष र भीसेनथापा गाउँपालिकाकी एक महिला रहेका छन् ।
यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चारजना पुरुष, बागलुङ काठेखोलाका दुईजना पुरुष, म्याग्दीको बेनी र मंगलाका दुईजना पुरुष र तनहुँ सुक्लागण्डकीका एकजना पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ११४९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्