
- अर्थ सरोकार सम्बाददाता
मुगु । भारत सरकारको आर्थिक सहयोगमा मुगुको एक क्याम्पसको भवन तयार भएको छ । भारत सरकारको तीन करोड ५० लाख ११ हजार आर्थिक सहयोगमा मुगुको रातापानीस्थित श्री महादेव मस्त चतुर्देव क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवन तयार गरिएको हो । उक्त भवनको उद्घाटन गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिले एक समारोहबीच भिडियो कन्फरेन्समार्फत गरेका हुन् ।
सन् २००७ मा स्थापना भएको उक्त क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । विश्वविद्यालय अनुदान आयोग (युजिसी) बाट स्वीकृति प्राप्त यस क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध छ । क्याम्पसले चार वर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । हुम्ला र बाजुरा लगायत २४ भन्दा बढी गाउँका विद्यार्थी अध्ययनरत यस क्याम्पसमा विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरिएको छ ।
नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको हो । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको भारतीय दूतावासले गरेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्