
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अजोड इन्स्योरेन्सको ३० लाख कित्ता आईपीओ आजदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरले ३० कराेड रुपैयाँ बराबरको आईपीओ बिक्री खुल्ला गरेको हो ।
कम्पनीले कूल ३० लाख कित्ता आइपिओमध्ये ४% अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीलाई छुटैएको छ । त्यस्तै, एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् । आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार यो आईपीओको निष्कासन बन्द छिटोमा असार २९ गते र ढिलामा साउन ८ गतेसम्म हुनेछ ।
उक्त सेयर निष्काशनको लागि इन्स्योरेन्सले केयर रेटिङ नेपालबाट ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको बुझाउँछ । हाल कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुग्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्