
विराटनगर – प्रदेश नं १ मा १७ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र इलाममा दुई÷दुई जनामा नयाँ सङ्क्रमण देखिएको हो ।
मोरङको लेटाङमा एक र धनपालथानमा दुई, झापाको मेचीनगरमा एक महिलासहित पाँच, विर्तामोड र हल्दिबारीमा एक–एक, सुनसरीको इटहरीमा दुई, तेह्रथुमको लालीगुराँसमा एक, ताप्लेजुङको फुङलिङमा एक महिलासहित दुई र इलामको सन्दकपुरमा दुई जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।
योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७०२ पुगेको छ । यस्तै प्रदेशमा ४९ सङ्क्रमित निको भई घर फर्केका छन् । यसरी निको हुनेमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेका १४ र पूर्वाञ्चलविश्व विद्यालय कोभिड–१९ आइसोलेसन अस्पताल मोरङबाट ३५ छन् ।
निको हुने सङ्क्रमितमा १० महिलासहित ४९ रहेका मन्त्रालयले जनाएको छ । प्रदेशबाट निको हुने सङ्क्रमितको सङ्ख्या ५२७ पुगेको छ । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्