×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई काेराेना संक्रमण

PRIME CA
GLOBAL IME BANK

ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई काेराेना संक्रमण

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना  संक्रमण पुष्टी भएकाे छ । उच्च ज्वरोलगायतका कोरोना संक्रमणका लक्षण देखिएपछि उनको स्वास्थ्य परीक्षणमा काेराेना देखिएकाे हाे ।
राष्ट्रपति बोलसोनारोले कोरोना महामारीलाई सुरुदेखि नै लकडाउन तथा मास्ककाे प्रयाेगकाेआलोचना गरिरहेका थिए । कोरोना संक्रमण फैलिन नदिन गरिनुपर्ने सावधानीका उपाय नअपनाउँदा अहिले ब्राजिल सबैभन्दा बढी प्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ब्राजिलमा १६ लाख ६८ हजारभन्दा धेरै व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमणबाटै ब्राजिलमा ६६ हजार ७ सय ४१ जनाको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: