×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ !

LAXMI SUNRISE BANK

सिरहामा मास्क नलगाउने ६४ जना पक्राउ !

२४ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिरहा । मास्क नलगाई हिँड्ने ६४ जना पक्राउ परेका छन् । प्रहरीले मङ्गलबार सिरहाबाट ६४ जनालाई पक्राउ गरी कारवाही गरेको हो । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले सरकारले कोरोना संक्रमणबाट बच्न मास्कको प्रयोग गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको बताए । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए ।
गृह मन्त्रालयले केहि दिन अघि सबै जिल्ला प्रशासन कार्यालयहरुलाई मास्क नलगाई हिड्नेलाई पक्राउ गर्न आदेश दिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी