
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई उक्त निर्देशन दिएसँगै प्रहरीले पक्राउ गर्ने भएको हो । आज (सोमबार) जिल्ला प्रशासन र प्रहरी कार्यालयलाई परिपत्र गर्दै गृह मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले मास्क नलगाई हिँड्ने र सामाजिक दूरी कायम नगर्नेलाई संक्रमण रोग ऐन २०२० अनुसार कारबाही गर्ने गरी परिपत्र गरेको जानकारी दिए । जरुरी कामबाहेक घरबाहिर ननिस्कने, निस्कँदा अनिवार्य मास्क लगाउने, एकअर्काबीच कम्तीमा २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने गृहले बताएको छ ।
लकडाउनका कडाइ नहुँदा कोरोना महामारी नियन्त्रणमा समस्या हुन सक्ने भएकाले यस्तो निर्देशन दिएको अधिकारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्