
- अर्थ सरोकार सम्बाददाता
रसुवा । नेपाल-चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द रहेको यो नाका आज (सोमबार) देखि सञ्चालनमा आएको हो । नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेपछि आजदेखि सञ्चालनमा ल्याइएको रसुवागढी भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बिहान ८ बजे नाकाबाट ढुवानीको काम सुरु गरिएको जानकारी दिए । दुई देशबीचको व्यापार सुचारु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खोलिएको उनले जानकारी दिए। नाका सञ्चालन प्रोटोकलअनुसार दैनिक चार वटा चिनियाँ ट्रकले १ सय २० टन सामाग्री दुई देशबीचको सीमा मितेरी पुलसम्म ल्याइदिनेछ।
मितेरी पुलसम्म ल्याइएको सामान पुनः ढुवानी गरेर नेपाली कन्टेनरले नेपालतर्फ ल्याउने भन्सार कार्यालयले जनाएको छ। व्यवसायीहरु चीनतर्फ जान नपाउने र रसुवागढीसम्म जानका लागि पनि जिल्ला प्रशासनको पास अनिवार्य गरिएको खड्काले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्