Skip to content
LAXMI SUNRISE BANK

कोरोना त्रास : शनिबारसम्म २१ देशबाट १८ हजार बढी नेपाली स्वदेश फर्किए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोनाका कारण विदेशमा समस्यामा परेका १८ हजार २ सय ९३ जना नेपाली स्वदेश फर्किएका छन् । अहिलेसम्म विभिन्न २१ देशबाट १९ हजार २ सय ९३ जना नेपालीलाई चार्टर्ड जहाजमार्फत स्वदेश ल्याइएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया र माल्दिभ्सबाट त्यहाँ समस्यामा रहेका नेपालीलाई नेपाली र केही विदेशी चार्टर्ड जहाजले स्वदेश ल्याएका हुन् । यस्तै श्रीलंका, यूएई, साउदी अरेबिया सिंगापुर, हङ्गकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् । यसैबीच विदेशमा विभिन्न कारणले ज्यान गुमाएका १२५ नेपालीको शव पनि स्वदेश ल्याइएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK