Skip to content
LAXMI SUNRISE BANK

बीमालेख धितो राखी कर्जा दिन सबै जीवन बीमा कम्पनीहरुलाई बीमा समितिको निर्देशन (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बीमा समितिले बीमालेख प्रारम्भ भएको मितिको एक वर्ष पूरा भएपछि समर्पण मूल्य र ऋण प्रदान गर्न सबै जीवन बीमा कम्पनीलाई निर्देशन दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार समर्पण मूल्य र बीमालेख धितो राखी कर्जा प्रदान गर्न उक्त निर्देशन दिइएको हो।
समितिका अनुसार बीमकले अधिकतम एक आर्थिक वर्षभित्र मात्र बीमालेख ‘ब्याकडेट’ गर्न सक्नेछ । तर एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएको बीमा लेखको हकमा भने त्यस्तो व्यवस्था गर्न पाइने छैन । यस्तै समितिले बीमालेखअन्तर्गत समर्पण मूल्य तथा बीमालेख धितो राखी कर्जा प्रदान गर्दा बीमा लेख प्रारम्भ भएको मितिबाट दुई वर्ष पूरा भएपछि मात्र प्रदान गर्न सकिने बीमा कम्पनीलाई जानकारी गराएको छ।
‘एकल बीमा शुल्क भुक्तानी गर्ने गरी जारी गरिएका बीमालेखको हकमा बीमा प्रारम्भ भएको मितिले एक वर्ष पूरा भएपछि मात्रै समर्पण मूल्य र ऋण प्रदान गर्न सकिने छ’ समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK