×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालन, परिक्षण रिपोर्ट यस्तो आयो

PRIME CA
GLOBAL IME BANK

डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालन, परिक्षण रिपोर्ट यस्तो आयो

१९ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

डडेल्धुरा
  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिन पूर्ण रुपमा सञ्चालनमा आएको छ । डडेल्धुरा उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा स्थापना गरिएको पीसीआर मेसिनमा बिहिबार परीक्षण गरिएका १३ वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ । नागरिकस्तरबाट स्थापना गरिएको पीसीआर मेसिनबाट परिक्षण गरी पहिलो रिपोर्ट सार्वजनिक गरेको हो  ।  
उपक्षेत्रीय अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले राति परीक्षण गरिएका नवदुर्गा गाँउपालिकाका नौ र अन्य चार वटा थ्रोट स्वावको नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।
ह्युमानिटी फाउण्डेस नेपाल र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सहयोग संकलन अभियान सञ्चालन गरेको थियो भने मन्त्री लेखराज भट्टकाे पहलमा पीसीआर मेसिन ल्याइएकाे थियाे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: