×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ लाख अवैध रकमसहित पर्साबाट एक जना पक्राउ, थप अनुसन्धान जारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

२ लाख अवैध रकमसहित पर्साबाट एक जना पक्राउ, थप अनुसन्धान जारी

Artha Sarokar

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता ।
वीरगञ्ज । स्रोत नखुलेको २ लाख रुपैयाँसहित प्रहरीले १ जना पक्राउ गरेको छ । धोविनी गाउँपालिका– १ पिपरा बस्ने जय प्रकाश पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको टोलीले जगरनापुर गाउँपालिका–२ दशौताबाट उनलाई पक्राउ गरेको हो ।
ना २१ प ९४३१ नम्बरको मोटरसाइकलमा सवार पटेललाई चेकजाँच गर्ने क्रममा २ लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित उनलाई नियन्त्रणमा  लिइएको हो । थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी