×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रहरीद्धारा रोक, दैनिक चार सय बढी सवारीसाधन कारवाबाहीमा (भिडियो)

PRIME CA
GLOBAL IME BANK

सार्वजनिक सवारीसाधन सञ्चालनमा प्रहरीद्धारा रोक, दैनिक चार सय बढी सवारीसाधन कारवाबाहीमा (भिडियो)

१८ असार २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौं । सरकारले सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा रोक लगाउँदा पनि सञ्चालनमा आएका सवारीसाधनलाई प्रहरीले कारबाही गरेको छ । दैनिक चार पाँच सयको संख्यामा सञ्चालनमा आएका सार्वजनिक सवारी साधनलाई सडकै होल्ड गरी कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक बामदेव गौतम
प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ति सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताउनुभयो । सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताउनुभयो । अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी सहजिकरण गरिएको उहाँले बताउनुभयो । पछिल्लो समय ट्याक्सी व्यवसायीहरु बैंकको किस्ता तिर्न र जीवन यापन गर्न गाह्रो भएको भन्दै ट्याक्सी चलाउनुपर्ने माग गर्दै आएका छन् । 

सरकारले उनीहरुको मागलाई सम्बोधन नगरेको अवस्थामा पनि सडकमा ट्याक्सीहरु देखिन थालेपछि प्रहरीले सवारीसाधनको जाँचलाई कडाई गरी सञ्चालन आएका ट्याक्सीलाई दिनभर सडकमै होल्ड गरेको हो । सरकारले जारी लकडाउनलाई असार १ गतेदेखि केही खुलुलो बनाउँदै निजी सवारी साधनलाई जोर बिजोर प्रणालीबाट सञ्चालन गर्न दिएको छ । सार्वजनिक यातायातका साधन भने सञ्चालनका लागि पूर्णरुपमा रोक लगाइएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: