Skip to content
LAXMI SUNRISE BANK

नेको इन्स्योरेन्सले सेयरधनीको खातामै पठाउन थाल्यो ८.१६% नगद लाभांश, नपाउनेले के गर्ने ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेको इन्स्योरेन्सले ८.१६% नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । 
कम्पनीले जेठ २३ गते २४ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश चैत २४ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो । उक्त मितिपश्चात बैंक खाता अद्यावधिक गराउनेहरुको पनि बैंक खातामै नगद लाभांश जम्मा गरिने उक्त कम्पनीले बताएको छ । 
हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरुलाई समयमै अद्यावधिक गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । 
हाल उक्त कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार छ । अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर दिएको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK