×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे र लक्ष्मी बैंकले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

माछापुच्छ्रे र लक्ष्मी बैंकले ५० लाख इकाई ऋणपत्र निष्कासन गर्ने, अनुमति माग्न पुगे धितोपत्र बोर्ड

Artha Sarokar

३ जेष्ठ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । माछापुच्छ्रे बैंक र लक्ष्मी बैंकले ऋणपत्र निष्कासन गर्ने भएका छन् । यी दुइ बैंकले ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हुन् ।
माछापुच्छ्रेले ३ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
यस्तै लक्ष्मीले पनि २ अर्ब रुपैयाँ बराबरको प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । अब बोर्डले अनुमति दिएपछि ऋणपत्र बिक्री प्रक्रिया अघि बढ्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी