×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नाघ्यो, एकैदिन ५०७ जनाको मृत्यु

LAXMI SUNRISE BANK

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ हजार नाघ्यो, एकैदिन ५०७ जनाको मृत्यु

१७ असार २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौं । भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १७ हजार चार सय पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ५०७ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसको कारण एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।
त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि पाँच लाख ८५ हजार ४९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका १८ हजार ६५३ नयाँ संक्रमित फेला परेका छन् ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म एक लाख ७४ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने सात हजार ८५५ जनाको मृत्यु भइसकेको छ ।
तामिलनाडुमा पनि ९० हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने एक हजार २०१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा ८७ हजारभन्दा धेरै संक्रमित भेटिँदा दुई हजार ७४२ जनाको मृत्यु भइसकेको छ ।
उत्तर प्रदेशमा अहिलेसम्म २३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ६९७ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि अहिलेसम्म १८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् भने ६६८ जनाको मृत्यु भइसकेको छ । बिहारमा पनि १० हजारभन्दा बढी संक्रमित भेटिँदा ६७ जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख ४७ हजार ९७९ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी