×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागरिक लगानी कोषको तेश्रो त्रैमास: खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागरिक लगानी कोषको तेश्रो त्रैमास: खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

Artha Sarokar

१६ असार २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : नागरिक लगानी कोषले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक भएको विवरण अनुसार नागरिकले ३७ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १२.३४% धेरै हो । गत वर्षको यहि अवधिमा नागरिकले ३३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
कम्पनीको सेयर पुँजी पनि २२% बढेर १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सेयर पुँजी १ अर्ब १० करोड २३ लाख रुपैयाँ रहेको थियो । प्रकाशित विवरण अनुसार नागरिकको जगेडा कोष पनि ५ अर्ब ८ करोड रुपैयाँबाट बढेर ७ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कोषले मुद्दति निक्षेपमा ८५ अर्ब १४ करोड रुपैयाँ राखेको छ भने संगठित संस्थाको सेयरमा १० अर्ब १९ करोड रुपैयाँ लगानी गरेको छ । नेपाल सरकारको ऋणपत्रमा ६० करोड रुपैयाँ लगानी छ ।
यसैगरी कर्जा लगानी १७ अर्ब ८५ करोड रुपैयाँ छ । नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी भने ४ रुपैयाँले घटेर ३१ रुपैयाँमा झरेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३५ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १८७ रुपैयाँबाट बढेर २०८ रुपैयाँ कायम भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी