
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । खाडी मुलुकका चार देशबाट नेपाली स्वदेश फर्किएका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत २ सय ६२ जना नेपालीसहित १० वटा शव पनि नेपाल पठाइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेका २१ जना महिला र २४१ जना पुरुष आज चार्टर्ड जहाजमार्फत स्वदेश आइपुगेका छन् । कोरोनाको कारण नेपाल फर्कनैपर्ने अवस्थामा रहेकाहरुमध्ये प्राथमिकतामा परेकालाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।यस्तै आज यूएईबाट नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत एक नेपालीको शव पनि ल्याइएको बोर्डले जनाएको छ ।
मलेसियामा समस्यामा परेका नेपाली लिएर नेपाल एअरलाइन्सकै चार्टर्ड जहाज आज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै कुवेतबाट पनि समस्यामा परेका नेपाली आज नेपाल एअरलाइन्सकै चार्टर्ड जहाजमार्फत स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज साउदीको दमामबाट पनि नेपाली स्वदेश आइपुगेका छन् । आज पनि आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले आफ्नै खर्चमा नेपाल पठाउँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्