- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश क्षयरोग केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ४ जिल्लामा १७ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित तनहुँ, स्याङ्जा, लमजुङ र कास्कीका हुन् । उनीहरु कोरोना प्रभावित मुलुक साउदी, कुवेत र दुबईबाट आएका थिए । कास्कीका ८ जना, तनहुँका ५ जना लमजुङका ३ जना र स्याङ्जा पुतली बजारका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ६६ जना पुगेको छ । जसमध्ये २ जनाको कोरोना उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ ।