Skip to content
LAXMI SUNRISE BANK

सोमबार सुदूरपश्चिम प्रदेशमा थप १९७ जनामा देखियो कोरोना, कुन जिल्लामा कति थपिए ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सोमबार सुदूरपश्चिम प्रदेशमा १ ९७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बाजुरामा ९८ जना, डोटीमा ६९ जना, कैलालीका ३० जनामा कोरोना संक्रमण  पुष्टी भएको हो । संक्रमितहरुमा शिक्षण अस्पताल महाराजगंजमा बाजुराका २० महिला र ४६ पुरुष, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाजुराका ८ महिला २४ पुरुषमा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ । 
यस्तै सेती प्रादेशीक अस्पताल धनगढीको प्रयोगशालामा भएको परिक्षणमा कैलालीका ८ महिला र २१ पुरुष गरि २९ जना र डोटीका १७ महिला र ५२ पुरुष गरि ६९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । साथै सोमबारनै चितवन अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK