- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्तले नवौं वार्षिक साधारणसभा असार २७ गते बोलाएको छ । यो सभा होटल न्यु ईरा, बुटवलमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि संस्थाले चैत १४ गते एक दिन बुक क्लोज गरीसकेको छ ।
सभामा कम्पनीले २५% बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। साथै, कर प्रयोजनका लागि १.३२% नगद लाभांश दिने प्रस्ताव पनि पेश गर्ने भएको छ । संस्थाले २००% हकप्रद ल्याउने प्रस्ताव पनि पेश गर्ने भएको छ ।
कम्पनीको अधिकृत पुँजी १० करोडबाट बढाएर ५० करोड रुपैयाँ पुर्याउने र नयाँ सञ्चालन समिति गठन गर्ने सम्बन्धमा छलफल गर्ने एजेन्डा पनि छ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ ।
आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्