×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिभिल लघुवित्तको ५% बोनस र १००% हकप्रद सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिभिल लघुवित्तको ५% बोनस र १००% हकप्रद सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

Artha Sarokar

१५ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं।  सिभिल लघुवित्त वित्तीय संस्थाको बोनस सेयर र हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । संस्थाको ५% बोनस सेयर र १००% हकप्रदमा मूल्य समायोजन भएको हो । मूल्य  समायोजनपछि संस्थाको प्रतिकित्ता ५४७ रुपैयाँलाई आधार मानेर सोमबार कम्पनीको सेयर कारोबार खुलेको छ । 
संस्थाले ५% बोनस सेयर र १००% हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पारित गर्न असार २६ गते साधारणसभा बोलाएको छ । यो सभा, होटल आर्किट परिसर, त्रिपुरेश्वर बिहान ११ बजे सुरु हुनेछ ।
सभामा संस्थाले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश हुँदैछ । सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी