
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पाँच लाख ४८ हजार ३१८ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसका १९ हजार ४५९ संक्रमित फेला परेका हुन् ।यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १६ हजार ४७५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ३८० जनाको मृत्यु भएको हो । भारतमा कोरोना भधाइरसबाट संक्रमित हुनेमध्ये करिब तीन प्रतिशतभन्दा बढीको मृत्यु भएको छ ।
अहिलेसम्म भारतमा कोरोना भाइरसका तीन लाख २१ हजार ७२३ अर्थात् समग्र संक्रमितको ५८ दशमलव ६७ प्रतिशत हो । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा अहिलेसम्म एक लाख ६४ हजारभन्दा धेरै संक्रमित भेटिँदा सात हजार ४२९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै दिल्लीमा पनि ८३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने दुई हजार ६२३ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि संक्रमितको संख्या ८२ हजार नाघेको छ । यो राज्यमा एक हजार ७९ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्