×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न, सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको १८औं वार्षिक साधारणसभा असार १३ गते सम्पन्न भएको छ। उक्त सभामा कम्पनीको सञ्चालकमा सुमित कुमार केडिया निर्वाचित भएका छन् । सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट केडियालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै, नवनिर्वाचित सञ्चालक केडियाले आगामी ४ वर्षसम्म कम्पनीको आफ्नो जिम्मेवार सम्हाल्ने छन् ।
उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत १ अर्ब ८६ करोड २१ लाख ६१ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको अध्यक्ष केडियाले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: