
- अर्थसरोकार सुदूरपश्चिम ब्युरो
डडेल्धुरा । जनताबाट रकम संकलन गरी खरिद गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन नसक्दा सुदूरपश्चिममा परिक्षणको दायरा अझै चिन्ताजनक नै देखिएको छ । ह्युमिनिटी फाउन्डेसन नेपालले खरिद गरी डडेल्धुरा अस्पताललाई हस्तान्तरण गरेको पिसिआर मेसिन सञ्चालनमा आउन नसकेको हो । यही असार ७ गते हस्तान्तरण गरेप्रश्चात एक हप्तामा सञ्चालनमा ल्याउने भनिएको पिसिआर मेसिन असार १४ पुगिसक्दापनि सञ्चालनमा आउन सकेको छैन । यता जिल्ला अस्पताल डडेल्धुराका मेसु जगदिश विष्टले पिसिआर मेसिन अझै जडान नभएको बताउनुभयो ।
“मेसिन डडेल्धुरा पुगिसकेको छ तर मेसिन जडानका लागि आवश्यक पर्ने सामानको अभावका कारणले जडान हुन सकेको छैन”, विष्टले भन्नुभयो, “पिसिआर मेसिनको जडानकार्य नौंलो अनी जटील भएकाले पुर्ण रुपमा सेवा दिनेगरी सञ्चालनमा ल्याउन थप एकहप्ता लाग्छ ।”
जनता तथ विभिन्न दातृ निकायबाट सकम संकलन र खरिद गरि उक्त पिसिआर मेसिन यही असार ०७ गते धनगढीमा डडेल्धुरा अस्पताल विकाश समितीका अध्यक्ष करुणाकर ओझालाई हस्तातरण गरिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्