×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कम्पनी रजिष्‍ट्रार कार्यालयका नासु र लेखापरिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर, काम सहज गराइदिने भन्दै लिएका थिए घुस

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कम्पनी रजिष्‍ट्रार कार्यालयका नासु र लेखापरिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर, काम सहज गराइदिने भन्दै लिएका थिए घुस

Artha Sarokar

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्‍ट्रारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पन्थीले अभिलेख अध्यावधिक गर्न आउने अख्तियारवाला व्यक्तिहरुलाई काम सहज गराइदिने भन्दै घुस मागेका थिए । 
आयोगले पन्थी र लेखापरीक्षक श्रेष्ठले पाँच हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी