×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुर क्यान्सर अस्पतालमा उपचारत बालिकामा कोरोना संक्रमण पुष्टी !

LAXMI SUNRISE BANK

भक्तपुर क्यान्सर अस्पतालमा उपचारत बालिकामा कोरोना संक्रमण पुष्टी !

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा उपचारत एक बालिकामा कोरोना संक्रमण पुष्टी भएको छ । ब्रेन ट्युमरको उपचार गराइरहेकी १४ वर्षीया बालिकाको शल्यक्रियाको तयारीका लागि गरिएको परीक्षणका क्रममा शनिवार राती कोरोना संक्रमण पुष्टी भएको हो ।
बालिकालाई राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । वीरमा जेठ २७ गते लिइएको स्वाबको परीक्षणका क्रममा कोरोना नेगेटिभ देखिएको थियो । कोरोनाको पिसिआर परीक्षण नेगेटिभ आएपछि ती बालिकालाई गत असार ११ गते भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो । 
भक्तपुरमा पनि शल्यक्रियाको तयारीस्वरुप पुनः स्वाब परीक्षणका लागि नमुना संकलन गरी पाटन अस्पताल पठाएको थियो । त्यही नमुनाको रिपोर्ट पोजिटिभ आएको  स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी