×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका बेला चर्को ब्याज असुलेको भन्दै विप्लवका कार्यकर्ताले लघुवित्तको पैसा खोसे, भन्छन्, ‘जनकारवाही गर्यौँ…’

PRIME CA

लकडाउनका बेला चर्को ब्याज असुलेको भन्दै विप्लवका कार्यकर्ताले लघुवित्तको पैसा खोसे, भन्छन्, ‘जनकारवाही गर्यौँ…’

१३ असार २०७७, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सुदूरपश्चिम ब्युरो
धनगढी । देशभर कोरोनाको त्रास रहेका बेला लघुवित्तले चर्को ब्याज र किस्ताको रकम लिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय जोगबुढाबाट पैसा बरामद गरेको छ । 
किस्ता र ब्याज रकम वापतको ९८ हजार बरामद दुई सय रुपैँया बरामद गरी स्थानीयहरुलाई नै बुझाउने तयारी गरिएको पार्टीले जनाएको छ । उसले यस्तो कामलाई ‘जनताका पक्षमा दलालहरुलाई गरिएको जनकारवाही’ भनेको छ ।  पार्टीले यस्तो परिस्थितिमा कुनै पनि लघुवित्तलाई कर्जाको व्याज र किस्ता नलिन चेतावनीसमेत दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: