×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना अपडेट : विश्वमा ४ लाख ९१ हजार भन्दा बढीले गुमाए ज्यान, ९७ लाख १७ हजार ५३ जना संक्रमित

LAXMI SUNRISE BANK

कोरोना अपडेट : विश्वमा ४ लाख ९१ हजार भन्दा बढीले गुमाए ज्यान, ९७ लाख १७ हजार ५३ जना संक्रमित

१२ असार २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ९१ हजार ९०१ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दैनिक प्रेस विज्ञप्ति अनुसार कोरोना साथै यस संक्रमणबाट विश्वभर ९७ लाख १७ हजार ५३ जना संक्रमित भएका छन् । 
हालसम्म विश्वभर ५२ लाख ५३ हजार ६२५ जना कोरोना संक्रमितहरु निको भएका छन् भने करिब ३९ लाख ७३ हजार ५२७ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३९१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 
अहिले विश्वमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका रहेको छ। डब्लुएचओकाअनुसार अमेरिकामा मात्र २५ लाख ४ हजार ६७६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् भने १ लाख २६ हजार ७८५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा १९ लाख ८६ हजार २०१ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ७७ हजार ८८८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा २९ लाख १९ हजार ७२५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६३ हजार १६४ जनाको मृत्यु भएको छ । 
युरोपमा २३ लाख ७३ हजार २०३ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८९ हजार ५०३ को मृत्यु भएको छ । एसियामा २० लाख ७७ हजार ११९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५२ हजार ९१ जनाको मृत्यु भएको छ ।
अफ्रिकामा ३ लाख ५० हजार ८६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार १०४ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार २२४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ । – एजेन्सी
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी